२०८१ कार्तिक ६, मङ्गलवार , ०८:५७:५४ बजे

Sajhamanch
'

टिपरको ठक्करबाट महिलाको मृत्यु, प्रहरी कार्यालयमा ढुंगामुढा

मङ्गलवार, असार १८, २०८१

विराटनगर । टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि मोरङको उर्लाबारीमा प्रदर्शन भएको छ । आक्रोसित बनेको भीडले प्रहरी कार्यालयमा ढुंगामुढा पनि गरेको छ ।

सोमबार साझ मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक उर्लाबारी–६ की अन्दाजी २७ वर्षीया सीता बोहोराको मृत्यु मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा महिलाको मृत्यु भएपछि आक्रोसित बनेको भीडले नाराबाजी र प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा ढुंगामुढा गरेको हो । स्थानीयको प्रदर्शनका कारण सोमबार साँझदेखि उर्लाबारीको मुख्य चोक तनावग्रस्त बनेको छ । आक्रोसित भीडले पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन पनि रोकेको छ ।

उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–६ मा घरबाट तरकारी किन्न निस्किएका बेला महिलालाई टिपरले ठक्कर दिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन् । उनलाई विराटनगरको न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।

प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

मङ्गलवार, असार १८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर

५ लाख धरौटीमा रिहा भए इकु
मङ्गलवार, कार्तिक ६, २०८१
यस्तो रहनेछ आजको मौसम
मङ्गलवार, कार्तिक ६, २०८१