२०८१ कार्तिक ५, सोमवार , ०७:१९:४२ बजे

Sajhamanch
'

पानीमा डुबेर नाबालकसहित दुई जनाको मृत्यु

सोमवार, असार १७, २०८१

झापा । पानीमा डुबेर एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे–७ का धनराज गिरी र सुनसरी रामधुनी–८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।

हिजो अपराह्न मोरङको पथरीशनिश्चरेस्थित पथरी खोलामा नुहाउने क्रममा ४६ वर्षीय गिरीलाई पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उनलाई उपचारको लागि स्थानीय मङ्गलवारे अस्पताल लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो ।

त्यसैगरी सुनसरी रामधुनी–८ कालीझोडाका सुनिल चौधरीका डेढ वर्षीय छोरा साजन चौधरीको घरनजिकै नहरको पानीमा डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा नहरमा डुबेको अवस्थामा आफन्तले फेला पारी उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेकजाँचका क्रममा मृत घोषणा गरेका थिए ।

सम्बन्धित खबर