२०८१ कार्तिक ६, मङ्गलवार , ०३:५८:०४ बजे

Sajhamanch
'

प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी सिफारिस

सोमवार, असार १७, २०८१

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी सिफारिस भएका छन्।

सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र रिटायर्ड भएका थिए। उमेर हदका कारण प्रतिनिधि सभाको सचिवका रुपमा अधिकारीले दुई वर्ष काम गर्नेछन्। संखुवासभामा जन्मिएका अधिकारीले राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।

शिक्षा सचिवबाट रिटायर्ड हुनुअघि अधिकारी पर्यटन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र अख्तियारमा सचिव रहेर काम गरेका थिए।

सम्बन्धित खबर