२०८१ कार्तिक ६, मङ्गलवार , ११:४१:३२ बजे

Sajhamanch
'

टी–२० विश्वकप ‘टिम अफ द टुर्नामेन्ट’ मा भारतका ६ जना खेलाडी

सोमवार, असार १७, २०८१

झापा । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले टी–२० विश्वकप २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता भारतीय टोलीका ६ जना खेलाडी आईसीसी टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका छन् ।

भारतबाट कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, अक्षर पटेल, जसप्रीत बुमराह र अर्शदीप सिंह रहेका छन् । रोहितले प्रतियोगिताभरि ३ अर्धशतकसहित २५७ रन बनाएका थिए । यस्तै सूर्यकुमारले २ अर्धशतकसहित १९९ रन, हार्दिकले १४४ रन र ११ विकेट, अक्षरले ९२ रन र ९ विकेट, बुमराहले १५ विकेट र अर्शदीपले १७ विकेट लिएका थिए ।

यसैगरी ‘टिम अफ द टुर्नामेन्ट’ मा अफगानिस्तानका रहमनुल्लाह गुरबाज, वेस्ट इन्डिजका निकोलस पूरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस, अफगानिस्तानका राशिद खान र फजलहक फरूकी तथा १२ औँ सदस्यका रूपमा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे रहेका छन् ।

गुरबाजले ३ अर्धशतकसहित सबैभन्दा धेरै २८१ रन, पूरनले १ अर्धशतकसहित २८८ रन, स्टोइनिसले १६९ रन र १० विकेट, राशिदले १४ विकेट, फरूकीले १७ विकेट, एनरिचले १५ विकेट लिएका थिए ।

भारतले दक्षिण अफ्रिकालाई हराउँदै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि सन् २००७ को पहिलो संस्करणमा भारत विजेता बनेको थियो ।

सम्बन्धित खबर