२०८१ भदौ २३, आइतवार , ०४:३१:४९ बजे

Sajhamanch
'

।। कविता ।। पैसा

सोमवार, असार १७, २०८१

कस्तो विचित्रको समय आएको छ ।
जहीँ, तहीँ पैसै पैसा चाहिएको छ ।।

आधुनिक युगमा पैसाले नै हो सबैथोक पाईने ।
यस्तो चिज हो, जो परिश्रम बिना नपाईने ।।

मान्छेको पाईलै पिच्छे पैसा चाहिने ।
कस्तो चिज हो, आपसमा स्वार्थी बनाउने ।।

अन्याय, अत्याचार, भ्रष्टाचार गर्न सकिने ।
दाजुभाई बीचमा पनि फाटो ल्याईदिने ।।

पैसाकै प्रलोभनमा परी चेलीबेटी बेचिन पुग्ने ।
यस्तो चिज हो, जसका लागि नारीको अस्मिता लुट्ने ।।

कस्तो अचम्मको वस्तु हो सजिलैसँग नपाईने ।
थकित, चकित लाग्छ पैसाका लागि गर्ने व्यवहार देख्दा ।।

पैसाका अगाडि विद्धान पनि झुक्नुपर्ने ।
पैसा भए धर्मकर्म सबै गर्न सकिने ।।

पैसा नभए केही गर्नै नसकिने ।
त्यही चाहिँ नभई पनि नहुने ।।

हुँदा पनि ज्यानै जाला भनि डर मान्नुपर्ने ।
चोरी, डकैती सारा अपराध पैसैका लागि गर्ने ।।

बडो विचित्रको चिज भइदियो यो ।
उठेदेखि नसुतुन्जेल यसैका लागि कुदिरहनुपर्ने ।।

सम्बन्धित खबर