२०८२ वैशाख १७, बुधवार , ११:०१:४४ बजे

Sajhamanch
'

खेत जोतिरहेको ट्र्याक्टर पल्टिँदा चालकको च्यापिएर मृत्यु

आइतवार, असार १६, २०८१

झापा । सर्लाहीको हरिवनमा आइतबार मध्यान्ह खेत जोतिरहेको ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–१, पटौनामा धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नं. को ट्र्याक्टर आफैँ अनियन्त्रित भइ पल्टँदा चालक हरिवन नगरपालिका–२, अत्रौलीका ५० वर्षीय सहदेव राउतको मृत्यु भएको हो ।

खेतको आली चढाउने क्रममा ट्र्याक्टर पल्टँदा चालक राउतको रोटाभेटरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

सम्बन्धित खबर