२०८१ पौष २४, बुधवार , ०८:०८:४३ बजे

Sajhamanch
'

सुदूरपश्चिमका प्रदेशका पाँच जना मन्त्रीको जिम्मेवारी बाँडफाँड

आइतवार, असार १६, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिएका हुन । पाँचै जना मन्त्रीले आजै कार्यभार सम्हालेका छन् ।

भौतिक फुटाएर बनाइएको जलस्रोत तथा सहरी मन्त्रालय नेकपा (माओवादी केन्द्र) का अक्कल रावलले पाएका छन् । यस्तै नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै सामाजिक मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ । एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गएको जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । ती मध्ये यी पाँच जनाले जिम्मेवारी पाएका थिएनन् । सुदूरपश्चिममा यस अघि सात पूर्ण र चार राज्य गरेर ११ सदस्यीय मन्त्रीमण्डल रहेकामा अब १० जना पूर्ण मन्त्री बनेका छन् ।