२०८१ पौष २६, शुक्रवार , ११:२५:५९ बजे

Sajhamanch
'

एसईईमा भद्रपुरका दुई विद्यालयको नतिजा शून्य

शनिवार, असार १५, २०८१

भद्रपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले भद्रपुर नगरको शैक्षिकस्तर सामान्य रहेको देखाएको छ ।

भद्रपुर नगरमा रहेका ३० वटा माविमध्ये २०८० को एसईई परीक्षामा २८ वटाले सहभागिता जनाएका थिए ।

सहभागीमध्ये २ वटाको उत्तीर्ण दर शून्य छ भने अन्य विद्यालयबाट न्यूनतम १.६४ प्रतिशतदेखि अधिकतम ९०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित नतिजाअनुसार सहभागीमध्ये सामुदायिकभन्दा संस्थागत विद्यालयकै उत्तीर्ण प्रतिशत उच्च रहेको छ ।

९०.९१ प्रतिशत उत्तीर्ण दर प्राप्त गर्दै भद्रपुर–२ को ज्ञान सरोवर निकेतन प्रथम, ६८.५२ प्रतिशतसहित भद्रपुर–७ को एमरल्ड एकाडेमी द्वितीय, ६६.६७ प्रतिशतका साथ मोरान मेमोरियल र कृष्ण द्वैपायन गुरूकुलले तेस्रो स्थान लिएका नतिजाले देखाएको छ ।

उत्तीर्ण दर अनुसार १.६४ कायम राख्दै भद्रपुर मावि अन्तिम स्थानमा देखिन्छ भने भद्रपुर–६ को मोर्डन अंग्रेजी मावि र भद्रपुर–१० को सेन्ट कुजुर एकेडेमीका विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

कमजोर नतिजा ल्याएका यी दुवै निजी लगानीका संस्थागत विद्यालय हुन् ।

सम्बन्धित खबर