२०८१ पौष २६, शुक्रवार , ०२:५६:३९ बजे

Sajhamanch
'

बिर्तामोडका २० जना महिलाले लिए सीप विकासको निःशुल्क तालिम

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित महिलालक्षित सीप विकाससम्बन्धी निःशुल्क तालिम शुक्रवार समापन भएको छ ।

पशुपति टेक्निकल कलेज प्रालिले आयोजना गरेको सो तालिमका प्रशिक्षार्थीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

त्यसक्रममा नगरप्रमुख प्रसाईंले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

स्वदेशमै स्वरोजगार बन्न र विदेश जानेका लागि समेत उक्त तालिम उपयोगी रहेको उनको भनाई थियो । नगरको महिला तथा बालबालिका शाखाको सहयोगमा भएको तालिमका सहभागीलाई सुजन राईले प्रशिक्षण दिएका थिए ।

शाखाप्रमुख पुष्पा कार्कीका अनुसार तालिमका क्रममा बारिस्ता, लोकसेवा तयारी कक्षा, विद्यालयमा किशोरी आत्मरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण लगायत कार्यक्रम सञ्चालन गरिएको थियो ।

समापनका अवसरमा आयोजक कलेजका अमर पूर्वीया, नगरका रोजगार शाखाप्रमुख होमनाथ भट्टराई लगायतको उपस्थिति थियो ।

जेठ १३ गतेदेखि वडा नम्बर ३ मा आयोजित एक महिने उक्त तालिममा प्रत्येक वडाबाट २/२ जना गरी २० जना महिला सहभागी थिए ।

सम्बन्धित खबर