२०८१ पौष २६, शुक्रवार , ०४:१६:४९ बजे

Sajhamanch
'

झापाका सोरेनले एसईईमा ल्याए सन्थाल समुदायबाट अहिलेसम्मकै उत्कृष्ट नतिजा

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका टेकनाथ सोरेनले सन्थाल समुदायतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् ।

२०८० को एसईईमा ३.८२ जीपीए अंक प्राप्त गरेर उनी सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/एसईई इतिहासमा उच्च अंक ल्याउने विद्यार्थी बनेका हुन् ।

झापाको बाह्रदशी गाउँपालिकास्थित गौरीशंकर माविका छात्र सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुने प्रधानाध्यापक लेखनाथ कटुवालले बताए ।

२०६५ साउन ३० गते जन्मिएका उनी विद्यालयका अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी भएका प्रधानाध्यापक कटुवालले जानकारी दिए । आफ्नो परिश्रम र विद्यालयको निगरानीले प्रतिफल आएको सोरेन बताउँछन् ।

बाह्रदशी–६ डाँगीबारीका टेकनाथका बुवा राजिन्दर र आमा उषा खेतीपाती र दैनिक ज्यालादारीमा काम गर्ने मजदूर हुन् ।

सम्बन्धित खबर