२०८२ साउन १७, शनिवार , ०२:४७:३९ बजे

Sajhamanch
'

बाढीले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता

बिहिवार, असार १३, २०८१

काठमाडौं । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्।बुधबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका-५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए।

६० वर्षीया असरादेवी चौधरी (सासू) र २५ वर्षीया जेठी बुहारी फुला चौधरी बेपत्ता छन्। बाढीमा परेकी माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरीको सकुशल उद्धार गरिएको थियो।

सम्बन्धित खबर