काठमाडौं । कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैद कट्टा सिफारिशमाथि उजुरी आह्वान गरेको छ । यस वर्ष ६२० जना कैदीबन्दीको कैद कट्टाका लागि सिफारिश गरेको जानकारी गराउँदै विभागले कैद कट्टाको सुविधाका लागि सिफारिश भएकाहरूमा कुनै कैफियत भएमा उजुरी दिन आह्वान गरेको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिए।
गृह मन्त्रालयको जेठ २२ गतेको पत्रानुसार ६२० जना कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिश प्रमाणित भई आएको उनले बताए। यही असार १५ गतेसम्म उजुरी दिन सकिनेछ ।
सरकारको सिफारिशमा हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैदकट्टाको सुविधा दिने चलन छ ।