काठमाडौं । आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ ।
विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । विश्व लागूऔषध प्रतिवेदनले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ ।
नेपालमा ुलागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔुं भन्ने नाराका साथ आज प्रभातफेरीसहित र्याली निकालिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा भृकुटीमण्डपको मूल गेटबाट शुरु भएको प्रभातफेरी र्याली रत्नपार्क हुँदै नेपाली सेनाको जङ्गी अड्डामा गएर समापन भएको थियो ।