
कचनकवल। बिषालु सर्पको टोकाईबाट यहाँकी एक बालिकाको हिजो मृत्यु भएको छ ।
कचनकवल गाउँपालिका वडा नं. ३ गङ्गाबस्तीका हरि राजबंशीको छोरी १३ वर्षीया मनिषाको विषालु सर्पले डसेर मृत्यु भएको हो ।
मंगलबार घरमा बसिरहेको समयमा उनलाई गोमन सर्पले टोकेको झापा प्रहरीले जनाएको छ । उनलाई बनियानीको सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचार गरिएको थियो ।
उनको अवस्था गम्भीर भएपछि थप उपचाारका लागि बिर्तामोड ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।