२०८१ पौष २६, शुक्रवार , ०२:५४:५१ बजे

Sajhamanch
'

साढे १३ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । काठमाडौंमा व्यापारिक सटरहरुको स्वामित्व दिने भन्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समिति अध्यक्ष नरेन्द्र बज्राचार्यसहित ६ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार कलंकी ट्रेड सेन्टरका व्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर रकम ठगी भएको भन्दै डा. विमला भण्डारीले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले महर्जनसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले गत शनिवार पक्राउ गरेका अन्य ५ जनामा काठमाडौं महानगरपालिका–१६ का राजु महर्जन, ललितपुर कुपण्डोलका राजेशकृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका–१३ बस्ने निरञ्जनकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–१५ बस्ने चिरञ्जीवि पौडेल र टोखा नगरपालिका–७ बस्ने शान्तिरमण पंगेनी छन् ।

उनीहरुविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर