२०८१ माघ १३, आइतवार , ०२:४५:१३ बजे

Sajhamanch
'

यस्तो छ झापाका पालिकाहरुको बजेट

मङ्गलवार, असार ११, २०८१

झापा । नेपालको संविधानको प्रावधानलाई अनुशरण गर्दै झापाको एक बाहेक अरु पालिकाहरुले असार १० गतेभित्रै आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

भद्रपुर नगरपालिकाले दुई दिन पहिले सो प्रक्रिया पूरा गरेको तर, गौरीगञ्ज गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र पारित गरेको छ । जस अनुसार झापाको मेचीनगर नगरपालिकाले सबैभन्दा ठूलो बजेट २ अर्ब ५ करोड २९ लाख रुपैयाँको प्रस्तुत गरेको छ ।

मेचीनगरले नगरको इतिहासमै पहिलोपटक ठूलो आकारको बजेट ल्याएको हो । यस्तै, सबैभन्दा कम बजेट हल्दिबारी गाउँपालिकाले ४८ करोड ८९ लाख रुपैयाँ आय–व्यय हुने अनुमान गरेको छ ।

हेरौं पालिकाहरुले प्रस्तुत गरेको बजेटको आकार अनुसारको विवरण :

मेचीनगर नगरपालिका २ अर्ब ५ करोड २९ लाख रुपैयाँ
दमक नगरपालिका १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ
बिर्तामोड नगरपालिका १ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ
भद्रपुर नगरपालिका ९९ करोड २ लाख रुपैयाँ
शिवसताक्षी नगरपालिका ९६ करोड २६ लाख रुपैयाँ
अर्जुनधारा नगरपालिका ८५ करोड ५९ लाख रुपैयाँ
गौरादह नगरपालिका ८४ करोड ३४ लाख रुपैयाँ
कनकाई नगरपालिका ६९ करोड ७७ लाख रुपैयाँ
कमल गाउँपालिका ७१ करोड ८३ लाख रुपैयाँ
कचनकवल गाउँपालिका ६६ करोड ३१ लाख रुपैयाँ
बुद्धशान्ति गाउँपालिका ६४ करोड ८ लाख रुपैयाँ
बाह्रदशी गाउँपालिका ५० करोड ४५ लाख रुपैयाँ
झापा गाउँपालिका ४९ करोड ४३ लाख रुपैयाँ
हल्दिबारी गाउँपालिका ४८ करोड ८९ लाख रुपैयाँ

सम्बन्धित खबर