२०८१ कार्तिक १, बिहिवार , ०८:२०:४२ बजे

Sajhamanch
'

प्यारागन एकाडेमी सुरुङ्गामा यस वर्षदेखि कक्षा ११ सञ्चालन हुने

मङ्गलवार, असार ११, २०८१

शिवसताक्षी । लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्यारागन एकाडेमीले यस वर्षदेखि कक्षा ११ सञ्चालनमा ल्याउने भएको छ ।
झापाको सुरुङ्गमा २०६४ सालदेखि सञ्चालित प्यारागन एकाडेमीले विद्यार्थी र अभिभावक मागलाई ध्यानमा राख्दै कक्षा ११ सञ्चालनमा ल्याउने भएको हो ।

विद्यालय प्रशासनले व्यवस्थापन समूहमा कम्प्युटर विज्ञानको साथ अध्ययन अध्यापन गराउने सोमबार पत्रकार सम्मेलन गरेर विद्यालय सञ्चालकले जानकारी दिएको छ। विद्यालयमा हाल मन्टेश्वरी कक्षादेखि कक्षा १० सम्म पठन पाठन हुँदै आएको छ ।
प्यारागन एकाडेमीले जसरी अहिलेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र त्यसैगरी कक्षा ११ लाई पनि सञ्चालनको तयारी रहेको विद्यालयकी अध्यक्ष चम्पा खनाल सुवेदीले जानकारी दिइन् । उनले एसईईको रिजल्ट आएपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने बताइन् ।
कक्षा ११ सञ्चालनकालागि सबै प्रकृया पुरा भई सकेको छ । उनले भनिन हामीले पहिले नै सुरु गर्न लागेको थियो । तर काजगी प्रकृया पुरा हुन नसक्दा केही वर्ष ढिला भयो । कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति पाएपछि हामीलाई जानकारी गराएका हौं ।

विद्यालयमा व्यवस्थापन समूह तर्फ सामाजिक अध्ययन र कम्प्युटर विज्ञान मध्ये एक विद्यार्थी अध्ययन गर्न पाउनेछन् । यस्तै सामाजिक र गणित विषयमध्ये एक विद्यार्थीले अध्ययन गर्न पाउने र अनिवार्य विषयहरू अंग्रेजी, नेपाली र अर्थशास्त्र पढाइ विद्यालयमा विद्यालयका प्रिन्सिपल दिपक भट्टराईले जानकारी दिए ।

एसइइ परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई विद्यालयले भारी छुटको पनि व्यवस्था गरेको छ। विद्यालय प्रशासनका अनुसार एसईई परीक्षामा ३.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई भारी छुट दिने व्यवस्था विद्यालयले मिलाएको छ। यस्तै ३.२ देखि ३.६ सम्म ल्याउने विद्यार्थीले मासिक शुल्कमा १० प्रतिशत छुट पाउने जानकारी विद्यालय प्रशासनले दिएको छ ।

कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्यार्थीले भने मासिक रु।५०० अतिरिक्त शुल्क बुझाउनुपर्ने विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले बताए । उनका अनुसार सामान्य धारभन्दा कम्प्युटर विज्ञान अध्यापन गराउनका निमित्त महत्वपूर्ण र महंगा उपकरणहरू आवश्यक पर्ने हुँदा त्यसका निमित्त उक्त रकम विद्यालयले लिनुपर्ने बाध्यात्मक परिस्थिति छ ।

यस विद्यालयबाट यस वर्ष ५८ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। अधिकांश विद्यार्थीको अध्ययन गर्ने विषय वा समूह प्यारागन एकाडेमीमै उपलब्ध हुन सक्ने पनि विद्यालय प्रशासनले जनाएको छ।
यसका अतिरिक्त कन्काई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका लगायतका क्षेत्रबाट विद्यार्थी भर्ना हुने अनुमान गरेको छ।

यातायात सुविधा, सर्वसुलभ शुल्क, अतिरिक्त कक्षाको व्यवस्था, अतिरिक्त क्रियाकलाप, व्यक्तिगत वृद्धि विकास का निमित्त विभिन्न कार्यक्रम, शैक्षिक भ्रमण, अनलाइन कक्षाको व्यवस्था विद्यालयको विशेषता भएको प्रिन्सिपल ले जानकारी दिए ।

प्यारागन एकाडेमी स्थानीय शैक्षिक उद्यमी लक्ष्मण सुवेदीले स्थापना गरेका थिए । उनको अवसानपछि उनकै भाइ ले कार्यकारी प्रमुख भएर सञ्चालन गर्दै आएका थिए। उनको पनि सवारी दुर्घटनामा मृत्यु भएपछि विद्यालयको सञ्चालनको जिम्मेवारी स्वर्गीय लक्ष्मण सुवेदीकी पत्नी चम्पाको काँधमा आएको थियो । अहिले उनी विद्यालय सञ्चालन समितिकी अध्यक्ष छन् भने विद्यालयको प्रशासनिक जिम्मा लामो समय शिक्षा क्षेत्रमा काम गरेर निपुर्ण बनेका दीपक भट्टराईले पाएका छन् ।

मङ्गलवार, असार ११, २०८१ | शिक्षा, समाज

सम्बन्धित खबर