२०८१ माघ १३, आइतवार , १२:०३:०४ बजे

Sajhamanch
'

यी १५ जिल्लाका नदीमा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

मङ्गलवार, असार ११, २०८१

झापा । केही साना नदीमा मंगलबार आकस्मिक बाढीको सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार १५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना छ ।

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची र गुल्मी भएर बग्ने साना नदीमा आकस्मिक बाढीको अनुमान गरिएको हो।

यस्तै, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, चितवन, गोरखा, लमजुङ, तनहुँ र कास्की भई बग्ने साना नदीमा समेत बहाव बढ्ने सम्भावना छ। त्यसैले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदी तमोर, अरुण, तामाकोशी, दूधकोशी तथा कन्काई र यसका सहायक नदीतट क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

यस्तै नारायणी र यसका प्रमुख सहायक नदी बूढीगण्डकी, सेती, मर्स्याङ्दी कालिगण्डकी तथा बागमती र यसका सहायक नदीहरूमा पनि जलसतह बढ्दोरूपमा रहने विभागले जनाएको छ।

 

मङ्गलवार, असार ११, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर