दाङ । दाङमा चट्याङले लागेर एक जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४ खाद्रेका १० वर्षीया सुवास विकको चट्याङ लागेर मृत्यु भएको हो।
सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेका रहेका सुवास नजिकै चट्याङ परेको प्रहरीले जनाएको छ।
चट्याङको असरले सुवास बेहोस भएका थिए। उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याएलगत्तै साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।