२०८१ पौष २६, शुक्रवार , ०६:१३:२६ बजे

Sajhamanch
'

सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सकियो सिपमुलक तालिम

सोमवार, असार १०, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको विभिन्न सिपमुलक तालिम सम्पन्न भएको छ ।

वडा नम्बर ५ का विभिन्न क्षेत्रमा २ महिनासम्म सञ्चालन भएको व्युटीपार्लर, ढाका बुनाई र सिलाई कटाई तालिमको समापन गरिएको हो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र हस्तान्तरण गरेकी छन् । थियो ।

तालिममा व्यटी पार्लर तर्फ १५ जना, ढाका बुनाईमा ६ जना र सिलाई कटाईमा ६ जनाको सहभागिता थियो ।

व्युटीपार्लरतर्फ रश्मी रसाईली र संगीता रसाईली, ढाकामा मंगलमाया केरुङ, सिलाई कटाईमा शर्मिला अधिकारीले प्रशिक्षण दिएका थिए ।

नगरप्रमुख प्रसाईले तीन वटै विधाका प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गरिन् ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले सिपलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्न सबैलाई आग्रह गरिन् । सिपलाई व्यवसायिक बनाएर उद्योग स्थापना गरी अन्यलाई पनि रोजगारी दिनुपर्नेमा उनको जोड थियो ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सिप सिकेपछि यसलाई सदुपयोग गर्नुपर्ने सुझाब दिँदै स्वरोजगार बनाउने यस्तो तालिम प्रभावकारी रहेको चर्चा गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न आग्रह गरे । लगानी र मेहेनत गरे प्रतिफल प्राप्त हुने उनको धारणा थियो ।

नगरपालिकाले ढाका बुनाईमा सहभागी प्रशिक्षार्थीहरुको लागि लागत साझेदारीमा प्रविधिसमेत प्रदान गरिने लघु उद्यम विकास कार्यक्रमकी सहजकर्ता चनिमाया तामाङले जानकारी दिएकी छन् ।

सम्बन्धित खबर