२०८१ मंसिर ९, आइतवार , ०४:२८:४० बजे

Sajhamanch
'

माओवादीले लगायो आफ्ना सांसदहरूलाई ह्विप

आइतवार, असार ९, २०८१

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित गर्न माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ ।

प्रमुख सचेतक हितराज पाण्डेले बजेटको पक्षमा ह्विप जारी गरेका सांसद सुशीला सेर्पाली ठकुरीले बताइन् । आज बस्ने भनिएको संसदीय दलको बैठक भने नबसेको उनले जानकारी दिइन् ।

‘प्रतिनिधिसभाबाट बजेट पारित गर्न प्रमुख सचेतकले सांसदहरूलाई ह्विप जारी गर्नुभएको छ । आज बस्ने भनिएको संसदीय दलको बैठक भने बसेन’, सांसद ठकुरीले भनिन् ।

यसअघि प्रमुख सचेतक पाण्डेले बैठक बिहान ११स्३० मा बस्ने जानकारी दिएका थिए ।

सम्बन्धित खबर