२०८१ माघ २३, बुधवार , ०४:४३:३६ बजे

Sajhamanch
'

डोल्पाको फोक्सुण्डो खोला र बैतडीको महाकालीमा डुबेर तीन जना बालिकाको ज्यान गयो

आइतवार, असार ९, २०८१

काठमाडौं । डोल्पाको फोक्सुण्डो खोला र बैतडीको महाकाली नदीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । एक जना बालिका बेपत्ता छिन्।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर हिजो दुई बालिकाको ज्यान गएको हो । ज्यान गुमाउनेमा काइके गाउँपालिका–५ की १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो । रुबिना र सुबिना फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर खोलामा गएका थिए । रुबिना कक्षा ५ र सुबिना कक्षा २ मा अध्ययनरत थिए ।

यस्तै महाकाली नदीमा डुबेर बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार शिवनाथ गाउँपालिका–१ कुस्मतघाटमा हिजो नुहाउने क्रममा बेपत्ता भएकी रजनीको शव भेटिएको हो । रजनीसँगै नुहाउन गएकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी छिन् । उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित खबर