२०८१ माघ २३, बुधवार , १०:४५:५९ बजे

Sajhamanch
'

जाजरकोटमा बाढीले बगाएर एक जना शिक्षकको ज्यान गयो, ६ जना घाइते

आइतवार, असार ९, २०८१

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको बाढीले बगाएर ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन् । घाइतेको उद्वार गरिएको छ ।

गएराति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए। ज्यान गुमाउने रोकाय मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे–१ तारेचौरका गोबिन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको र सबैको उपचार भैरहेको उपाध्यक्ष सिंहले जानकारी दिए।

सम्बन्धित खबर