२०८१ माघ १३, आइतवार , १२:०२:५८ बजे

Sajhamanch
'

नेपाल र भारतका सीमा रक्षकले मेची पुलमा गरे संयुक्त योग अभ्यास

शुक्रवार, असार ७, २०८१

मेचीनगर । विश्व योग दिवशको सन्दर्भ पारेर शुक्रवार नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची पुलमा आयोजना गरेको योग शिविरमा दुवै देशका सीमा रक्षक सहभागी भएका हुन् ।

२ नं. गण हेडक्वाटर भद्रपुरका गणपति कविन्द्र राईका अनुसार अभ्यासमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ३० जना सुरक्षाकर्मीले भाग लिएका थिए ।

पुलमा म्याट ओछ्याएर बिहान ६ बजेदेखि शुरु गरिएको योग अभ्यासमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) पानीटंकीको बटालियन नै सामेल भएको थियो ।

अभ्यासका क्रममा सशस्त्र प्रहरी बलको २ नं. गणका गणपति राई, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी मिम लामा लगायत सुरक्षा अधिकारीको सहभागिता थियो ।

सम्बन्धित खबर