२०८२ वैशाख २३, मङ्गलवार , ०८:२९:०० बजे

Sajhamanch
'

टी–२० विश्वकप : अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हरायो

शुक्रवार, असार ७, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ (डीएलएस) पद्धतिका आधारमा हराएको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको हो ।

अस्ट्रेलियासँगको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । जितका लागि १४१ रन पछ्याएको अस्ट्रेलियाले ११ ओभर २ बलमा २ विकेट गुमाएर १०० रन बनाएपछि खेल वर्षाका कारण प्रभावित भएको थियो ।

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो ।

सम्बन्धित खबर