२०८१ माघ १३, आइतवार , ०८:२१:३७ बजे

Sajhamanch
'

मनसुन आइतवारसम्म देशभर फैलिनसक्छ : मौसम पूर्वानुमान महाशाखा

बिहिवार, असार ६, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आउँदो आइतवारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ ।

बिहीवारसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरको भनाई छ ।

समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन शुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उनले बताइन् ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आगामी शनिवारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

सम्बन्धित खबर