२०८१ पौष २६, शुक्रवार , ०८:२०:२७ बजे

Sajhamanch
'

कमलमा घरेलु तथा लैंगिक हिंसा विरुद्धको सचेतना गोष्ठि सकियो

बिहिवार, असार ६, २०८१

कमल । कमल गाउँपालिका–३ केर्खास्थित उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको घरेलु तथा लैंगिक हिंसा विरुद्धको दुई दिवशीय सचेतना गोष्ठि समापन भएको छ ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा भएको गोष्ठि कमल–५ स्थित मंगलमय मावि र वडा नम्बर ३ को शहिद धर्मभक्त माविको सभाहलमा सञ्चालन गरिएको थियो ।

सो गोष्ठिमा सहभागी कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई हिंसा र घरेलु हिंसा, यसको कानूनी उपचार, यौन दुव्र्यवहार र बलात्कार, यसको कानूनी व्यवस्था, महिलाका संवैधानिक अधिकार, बाल विवाह, बहुविवाह लगायत विषयमा अधिवक्ता लक्ष्मी खनाल (कोईराला) ले सहजीकरण गरेकी थिईन् ।

कार्यक्रम समापनका क्रममा सो गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) ले सामान्य कानूनी विषय सबैले जान्नुपर्ने र गल्ती भइहालेमा कानून थाहा भएन भनेर उम्किन नपाइने भन्दै कानूनमा पछि परेकै कारण समाजमा विभिन्न घटनाहरु हुने गरेका बताइन् ।

आयोजक केन्द्रकी अध्यक्ष शान्ता उप्रेती (दाहाल) को अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन केन्द्रकी उपाध्यक्ष बेदमाया वाग्लेले गरेकी थिईन् ।

सम्बन्धित खबर