२०८१ माघ २३, बुधवार , ०८:४४:४७ बजे

Sajhamanch
'

पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीशहर–चामे सडक पूर्ण सञ्चालनमा

बिहिवार, असार ६, २०८१

लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीशहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । बेँसीशहर नगरपालिका–६ खरखरे भीरमा गएको पहिरो हटाएसँगै गाडी चल्न थालेका छन् ।

डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्स्काभेटर’ को सहायताले ठूला–ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै गाडी सञ्चालनमा आएको बताए।

पहिरो रोकथामका लागि सङ्घीय सरकारको १६ करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए।

हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको ठाउँ खरखरे भीर नै हो ।

सम्बन्धित खबर