
काठमाडौं । काभ्रे दोलालघाटस्थित नदीमा एक जना पुरूष बेपत्ता भएका छन्।
भुम्लु गाउँपालिका वडा नम्बर ८ दोलालघाटस्थित एक पुलबाट पुरूषले सुनकोशी नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
ती पुरूष बुधबार दिउँसो पौने २ बजेतिर पुलबाट हामफालेका थिए। पुरूष अझै बेपत्ता छन्। उनको पहिचान खुलेको छैन।
प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको छ।