झापा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भएको दोस्रो चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इङ्गल्यान्डले १७ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
दोस्रो चरणको समूह–२ मा रहेको इङ्गल्यान्ड दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । समान अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । पहिलो खेलमा पराजित भएका वेस्ट इन्डिज र अमेरिका क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।