इलाम । इलाममा खानेपानी आपूर्ति अवरुद्ध भएको छ । खानेपानीको गीताङ खोला मेनलाइन – टोड्के खण्डमा भारी वर्षाका कारण मेन पाइपमा क्षति भएका कारण खानेपानी अवरुद्ध भएको हो ।
खानेपानी कार्यालयले सूचना जारी गरी आज र भोलि खानेपानीको नियमित आपूर्तिमा असहज हुने बताउँदै साथै उक्त क्षेत्रमा मर्मत कार्य तीव्र भइरहेको जानकारी दिएको छ ।