२०८१ माघ १२, शनिवार , ०४:१२:४८ बजे

Sajhamanch
'

नक्कली ब्लुबुक बनाएको आरोपमा ४ जना पक्राउ

बुधवार, असार ५, २०८१

काठमाडौं । सवारी दर्ता प्रमाण पत्र ‘ब्लुबुक’ नक्कली बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्रसिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोजकुमार सुनार बराली, रामेछापका शान्तकुमार मगर र डोटी घर भएका ३२ वर्षीय पवन सिंह छन् ।

आरोपीहरूले एभरेष्ट बैंकका ऋणी गजेन्द्र लोहनी विश्वकर्माको नाममा भएको बा.२० च ६४६७ नम्बरको ब्रेजा कार र भक्तपुर घर भएका भरत त्वयनाको नाममा भएको बीएडी–०२४७ नम्बरको अल्टो कारको ब्लुबुक किर्ते गरेका हुन् ।

मनोजकुमार बरालीको नाम राखेर अल्टो कारको ब्लुबुक किर्ते गरेर उनीहरुले डिक राखेर ५ लाख लिएको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

ब्रेजा कार १५ लाखमा बेच्न खोजेपछि किन्न खोज्नेले शंका लागेर यातायात व्यवस्था कार्यालयमा बुझ्दा नक्कली पुष्टि भएको अनुसन्धानमा संलग्न डीएसपी चक्र मल्लले बताए ।

मनोजकुमार सुनार यसअघि पनि किर्ते मुद्दामा पक्राउ परेर ५ लाख धरौटीमा छुटेको अपराध रेकर्ड भेटिएको छ । उनीहरूलाई कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ ।

सम्बन्धित खबर