२०८१ माघ २९, मङ्गलवार , ०७:५७:५३ बजे

Sajhamanch
'

शुक्रबार विश्व योग दिवस मनाइने

बुधवार, असार ५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार दशौं योग दिवस मनाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ ।

‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस मनाउने शिक्षा मन्त्रीको संयोजकत्वमा बनेको विश्व योग दिवस मूल समारोह समितिले निर्णय गरेको जनाएको छ ।

सम्बन्धित खबर