२०८२ कार्तिक ३०, शनिवार , ०७:३९:१६ बजे

Sajhamanch
'

नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्ने एमाले सांसद पन्तको प्रस्ताव

बुधवार, असार ५, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने उनको भनाइ छ ।

‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ उनले भने, ‘तयसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ, नियन्त्रित गर्नैपर्छ ।’

एकैचोटी नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न नसकेता पनि यसतर्फ उन्मुख हुने गरी सरकारले नीति लिनुपर्ने उनको प्रस्ताव छ ।

पासपोर्टमा जानुभन्दा अगाडि दुवै देशका नागरिकको आवतजावतमा सम्बन्धित देशको कुनै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सकिने उनको सुझाव छ ।

‘हामी एकैचोटी पासपोर्ट सिस्टम लागू गर्ने चरणमा नजाउँला । तर, राष्ट्रिय परिचय पत्र दिन थालिएको छ । नागरिकता पनि दिइरहेको छ । उताबाट आउँदा पनि आधार कार्ड हेर्न सकिन्छ । यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ,’ उनी भन्छन्, ‘विस्तारै यसबाट सुरु गरेर काँडे तार लाउँदै सीमालाई व्यवस्थत गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ ।’

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२