२०८२ मंसिर १, आइतवार , ०३:५६:४२ बजे

Sajhamanch
'

राष्ट्रपतिलाई सल्लाहकार किन चाहियो, प्रमुख सल्लाहकार प्रधानमन्त्री हो : रघुजी पन्त

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री हुने बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि छलफलमा भाग लिएका उनले प्रधानमन्त्री यो मुलुकको कार्यकारी प्रमुख रहेको बताए।

‘राष्ट्रपतिलाई सल्लाहकार किन चाहियो? प्रधानमन्त्रीले आँट गरेर भनुँ। अरू केही गर्नु पर्दैन सल्लाहकारका लागि बजेट नछुट्याउनुस्,’ पन्तले भने, ‘राष्ट्रपतिले सल्लाहकार नियुक्त गर्नुहुन्छ भने बजेट नदिनुस्। राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री हो। दुइटा पावर सेन्टर कुनै पनि मुलुकमा हुन्न।’

राष्ट्रपतिलाई संविधानले कार्यकारी अधिकार नदिएकोले सल्लाहकार पनि नचाहिने उनको भनाइ छ।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२