२०८१ फागुन १२, सोमवार , ०३:१८:५७ बजे

Sajhamanch
'

बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट पैदल यात्रीको मृत्यु

मङ्गलवार, असार ४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो ।

भेनको ठक्करबाट सख्त घाइते भएकी मोरङ रतुवामाई-८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मे. १ च ६६१३ नम्बरको भेन र चालक बिर्तामोड १ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।