२०८१ पौष २७, शनिवार , ०३:३२:०४ बजे

Sajhamanch
'

अर्जुनधाराका २५ जना युवाले लिनथाले प्लम्बरको निःशुल्क तालिम

सोमवार, असार ३, २०८१

अर्जुनधारा । अर्जुनधारा नगरमा बसोबास गरेका २५ जना युवाले प्लम्बर हेल्परको निःशुल्क तालिम लिन थालेका छन् ।

वैदेशिक रोजगारबाट फर्किएका युवालाई समेटेर वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा आइतवारबाट २० दिने तालिम सञ्चालन गरिएको हो ।

अर्जुनधारा ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीले युवालाई सीप सिकाएर दक्ष बनाउन तालिम आयोजना गरिएको बताए ।

तालिमपछि जुनसुकै अवस्थामा पनि रोजगार सिर्जना हुने भन्दै उनले स्वदेश तथा विदेशमा पनि सीपकै आवश्यकता हुने भएकाले दक्ष कामदार उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।

नगरका रोजगार प्राविधिक सुरज तामाङले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई दक्ष बनाएर स्वदेशमै वा विदेशमा स्वरोजगार बनाउन तालिम शुरु गरिएको बताए ।

उनका अनुसार सो तालिममा सहभागी प्रशिक्षार्थीलाई सिटिइभीटीबाट मान्यताप्राप्त प्रमाणपत्र दिइने छ ।

नेपाल इन्स्टिच्यूट अफ टेक्निकल एण्ड भोकेशनल ट्रेनिङका तालिम संयोजक अमर पूर्वेको अध्यक्षतामा शुरु तालिमको सहजीकरण संस्थाका प्रशिक्षक सुमन श्रेष्ठले गरिरहेका छन् ।

सम्बन्धित खबर