२०८१ माघ २४, बिहिवार , ०८:०७:३५ बजे

Sajhamanch
'

धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सोमवार, असार ३, २०८१

धनगढी । धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१४ डि गाउँमा से ५ प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।

घटनापछि मोटरसाइकल चालक कैलारी गाउँपालिका वडा नम्बर ८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।