२०८२ कार्तिक ३०, शनिवार , १२:२२:४० बजे

Sajhamanch
'

मोटरसाइकल दुर्घटनामा परि दुई सशस्त्र प्रहरी मृत्यु

सोमवार, असार ३, २०८१

नुवाकोट। सशस्त्र प्रहरी बल,नेपालमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परेर सहायक हवल्दारद्वय महेन्द्र लामा र सञ्जय बलको ज्यान गएको हो ।

नुवाकोटको ककनीस्थित युएन तालिम शिक्षालयमा सेमु हतियार तालिममा तालिमरत उनीहरुको हिजो मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सशस्त्रका प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए । हिजो दिउँसो सवा ३ बजे मोटरसाइकलमा शिक्षालयतर्फ फकिँदै गरेका उनीहरु काठमाडौंको तारकेश्वर नगरपालिका ३, तीनपिप्लेनेर दुर्घटनामा परेका थिए ।

उनीहरु सवार मोटरसाइकल सडकबाट करिब १५ मीटर तल खसेको थियो । गम्भीर घाइते भएका उनीहरुलाई तत्काल बालाजुस्थित सिल्भर लाइन अस्पताल पुर्याइएको र उपचारका क्रममा महेन्द्रको सोही अस्पतालमा मृत्यु भएको हो ।

यता,सञ्जयलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरेको थियो । उनको चाहिँ हिजो साँझ सवा ७ बजे मृत्यु भएको बताइएको छ । उनीहरुको पोस्टमार्टम गरेर शव परिवारलाई बुझाइएको डिआइजी न्यौपानेले जानकारी दिए ।

तालिमरत प्रशिक्षार्थीहरुलाई मोटरसाइकलको प्रयोगमा निषेध गरिएको छ । समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले प्रधान कार्यालयको निर्देशनविपरीत उनीहरुलाई मोटरसाइकल चलाउन दिएका थिए ।

उनले नियमविपरीत मोटरसाइकल चलाउन दिएकाले हिजोको घटना घटेको ककनीमा कार्यरत एक अधिकृतले बताए

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२