मेचीनगर । मेचीनगर सञ्चार प्रतिष्ठानले आयोजना गरेको विकास पत्रकारितासम्बन्धी दुई दिवशीय तालिम आज (आइतवार) समापन भएको छ ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशिक्षक ज्ञानेन्द्र निरौला लगायतले बोलेका थिए ।
त्यस्तै, सहभागीका तर्फबाट अम्बिका भण्डारी, प्रविण अधिकारी, नेहाल दर्जी, प्रिया तामाङ लगायतले अनुभूति मन्तव्य राखेका थिए । समापनका क्रममा तालिममा सहभागी मेचीनगरका ३० बढी सञ्चारकर्मीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
मेचीनगर नगरपालिकाको सभाहलमा भएको तालिमको सहजीकरण पत्रकारहरु जीएन शर्मा, मोहन काजी, गणेश पोखरेल र ज्ञानेन्द्र निरौलाले गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष शिशिर चौलागाईंको अध्यक्षतामा भएको तालिम समापन सत्रको सञ्चालन प्रतिष्ठानका सदस्य–सचिव प्रकाश पौडेलले गरेका थिए । सो तालिमको उद्घाटन शनिवार नगर उपप्रमुख मीना उप्रेतीले गरेकी थिइन् ।