![](https://sajhamanch.com/wp-content/uploads/2024/06/dubera-death.jpg)
धनगढी । कैलालीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो २ बजे भजनी नगरपालिका-९ भुरुवा बस्ने अन्दाजी १४ वर्षीय दिपेश राजीको मृत्यु भएको हो। उनको सोही ठाउँको कान्द्रा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
नदीमा डुबेका उनलाई बेहोस अवस्थामा साथीहरूले बाहिर निकालेका थिए। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।