२०८२ असार २२, आइतवार , ०३:०१:४७ बजे

Sajhamanch
'

पुल बनाउन खनेको खाल्डोमा डुबेर बालकको मृत्यु

आइतवार, असार २, २०८१

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।

बरपौवाका ९ वर्षीय गणेश विक शनिबार साँझ खाल्डोमा खसेका थिए । उनको शव आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले बालकको शव करिब २० फिट गहिराइबाट निकालेको जनाएको छ ।

सम्बन्धित खबर