लाग्यो आषाढ श्रावण भाद्र पर्यो झरी ।
परिश्रमी किसान माना रोपी फलाउने गर्छ मुरी ।।
खोला नाला खहरेमा उर्लंदो भेल भो ।
बाढी पहिरो आइ कतिको उठीबास पनि भो ।।
प्रकृतिको नियम हो वर्षातमा पर्दछ झरी ।
झरी नपरिदिए उब्जन्छ अन्न कसरी ? ।।
जब झरी पर्दछ किसानमा आशा छाउँदछ ।
हलो जुवा कुटो कोदालो बोकी मेलो धाउँदछ ।।
वर्षभरिको कमाइ भाग्य सजाउन झरी नै पर्खन्छ ।
हिलो मैलो घाम पानी नभनी तरर पसिना चुहाउँछ ।।
बादल वर्षा बिजुली असिना पानीमा भिज्दै रमाउँछ ।
झरीमा रुझ्दै सारा पीडा व्यथा भूल्दै असारे गीत गाउँछ ।।