![](https://sajhamanch.com/wp-content/uploads/2024/06/t-20-crricket.jpeg)
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराएको छ । हारसँगै स्कटल्यान्ड सुपर आठमा पुग्न असफल भएको छ । अस्ट्रेलियाको जितसँगै साविक विजेता इंग्ल्यान्ड सुपर आठमा पुगेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले अस्ट्रेलियालाई जितका लागि १८१ रनको लक्ष्य दिएको थियो । अस्ट्रेलियाले दुई बल बाँकी छर्दै पाँच विकेट गुमाएर भेट्टायो । स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाए पनि जोगाउन सकेन ।
यो खेलमा अस्ट्रेलिया विजयी भएमा इंग्ल्यान्ड सुपर आठमा पुग्ने समिकरण थियो । अस्ट्रेलिया यसअघि नै सुपर आठमा पुगिसकेको थियो । अस्ट्रेलिया चार खेलमा आठ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । इंग्ल्यान्ड चार खेलमा पाँच अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर आठमा पुग्यो । इंग्ल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेलमा हिजो नामिबियालाई हराएको थियो । टी–२० विश्वकपमा आज बेलुका आयरल्यान्ड र पाकिस्तानबीच खेल हुनेछ ।
दुवै टोली सुपर आठको दौडबाट बाहिरिसकेका कारण आजको खेल औपचारिकता मात्र हुनेछ । हिजो भएको खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित नेपालले ऐतिहासिक जितसहित सुपर आठमा पुग्ने सम्भावना गुमायो । नेपालले आफ्नो अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्नेछ ।