२०८१ असोज ३, बिहिवार , ०१:१४:५० बजे

Sajhamanch
'

मुन्द्रेले साइन गरे दीपक मनाङेको आगामी फिल्म ‘कंगारु

आइतवार, असार २, २०८१

काठमाडौं । फिल्म ‘कंगारु’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतले निर्देशन गर्ने फिल्मका लागि नेपालसँग लिखित सम्झौता भएको छ ।

यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री समेत रहेका राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारको लानअप बलियो बन्दै गएको छ ।जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताए । उनले भने, ‘फिल्म ज्वाइँ साबको सेटमै आएर हस्ताक्षर गराउनुभयो, यो अवसरका लागी निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक दिलीप पन्तजी लगायत सम्पूर्ण टिमप्रति आभारी छु’

यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । अष्ट्रेलियामा छायांकन थलोको खोजी गरिरहेका बस्नेतले अर्को साता लिड अभिनेत्री तय हुने बताए ।३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिने उनले बताए ।

यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रुपमा छन् ।सह-निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । छायाँकार सुशन प्रजापति हुन् ।

सम्बन्धित खबर