२०८२ जेठ १४, बुधवार , ०८:०३:२२ बजे

Sajhamanch
'

सिन्धुलीमा लडेर एकजनाको मृत्यु

आइतवार, असार २, २०८१

काठमाडौं । सिन्धुलीमा जडिबुटी खोज्न जंगल गएका एक पुरुषको लडेर मृत्यु भएको छ। मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

शुक्रबार दिउँसो १ बजे जंगल गएका उनि राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबारे मुंग्रशिर भीरको खोँचमा मृत फेला परेको हो। दंगालीको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर