२०८१ माघ १२, शनिवार , ११:४८:४४ बजे

Sajhamanch
'

अन्स न्यौपाने बने न्यूटन्स बाल क्लबको अध्यक्ष

आइतवार, असार २, २०८१

बिर्तामोड । बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीमा गठित न्यूटन्स बाल क्लबको चौथो अधिवेशनबाट अध्यक्षमा अन्स न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

पुनर्गठित क्लबको उपाध्यक्षमा सोनाली विमली, सचिवमा न्यूसन थापा, सह–सचिवमा युवराज ल्वागुन र कोषाध्यक्षमा केबिसा गुरागाईं सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै, सदस्यमा सर्वसम्मत चयन भएकाहरुमा पुजा ताम्लिङ, प्रज्ज्वल थापा, संकेत कट्टेल, सन्दिप प्रसाईं, सुप्रिया तामाङ, स्पन्दन सिटौला, सुप्रिम अधिकारी, दिपिका तिम्सिना, मनसा शिवाकोटी, उषाली खनाल, स्मृति नेपाल, वैभव चौहान, रुहान गौतम, मेरिना दंगाल र सान्वी बराईली रहेका बाल क्लबकी फोकल पर्सन मीनु शिवाकोटीले बताइन् ।

क्लबकी सदस्य निशा भट्टराईले शाब्दिक स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष कृशा न्यौपानेले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

आर्थिक प्रतिवेदन अनुसार क्लबले विभिन्न कार्यक्रम र शीर्षकमा खर्च गरी १ लाख ८ हजार रुपैयाँ बचत गरेको छ ।

अध्यक्ष रोनिशा दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले बाल क्लब समूह मात्र नभएर असल नेतृत्व स्थापित गर्ने सभ्यताको स्कूल भएकाले केन्द्रीकृत भएर लाग्न सुझाव दिए ।

सो कार्यक्रममा अभिभावक एकाई संघ सदस्य सबिता लिम्बू, विद्यालय व्यवस्थापन समिति सदस्य मन्जु राई, सञ्चारकर्मी निश्चल आचार्य, एकेडेमी इन्चार्ज परासर दाहाल, विद्यालय इन्चार्ज नोयल परेरा लगायतको उपस्थिति थियो ।

मिनिशा बर्फोङले सञ्चालन गरेको कार्यक्रममा क्लबको नवनिर्वाचित पदाधिकारीलाई खादा र माइन्यूट प्रदान गरिएको थियो । उक्त बाल क्लबले विविध रचनात्मक गतिविधि गर्दै आएको बताइएको छ ।

सम्बन्धित खबर