२०८१ असोज ३, बिहिवार , ०५:२४:४१ बजे

Sajhamanch
'

मिस नेपाल २०२४ को प्रसारण हिमालय टिभी एचडीमा हुने

शनिवार, असार १, २०८१

काठमाडौं । मिस नेपाल २०२४ को आधिकारिक टेलिभिजन पार्टनरको रुपमा हिमालय टिभी अनुबन्धित भएको छ ।टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले सम्झौतापत्रमा हस्ताक्षर गरे ।सहमतिअनुसार, साउन १९ गते ललितपुरमा हुने मिस नेपालको ग्राण्ड फिनालेको प्रसारण हिमालय टिभी एचडीले गर्ने भएको छ । ‘यतिबेला दर्शकको लोकप्रिय च्यानलसँग प्रसारण सम्झौता गर्न पाउँदा हामी खुसी छौं’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले भने ।

यसबाहेक, मिस नेपालको एक्सक्लुसिभ जानकारी पनि दर्शकले हिमालय टिभीबाट प्राप्त गर्नेछन् । मिस नेपालको अनलाइन पार्टनरको रुपमा अनलाइनखबर डटकम छ ।यतिबेला प्रतियोगिताको तयारी धमाधम चलिरहेको छ । २६ जना फाइनलिस्टले व्यक्तित्व विकासका कक्षा सिकिरहेका छन् । यसबाहेक १४ सहविधाको प्रतिस्पर्धा पनि गर्ने तयारी छ ।

सम्बन्धित खबर