२०८१ माघ २५, शुक्रवार , ११:१८:५५ बजे

Sajhamanch
'

ताप्लेजुङमा पहिरोमा ज्यान गुमाउने चार जना गाउँपालिका उपाध्यक्षका परिवार

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा परेर ज्यान गुमाउनेहरु उपाध्यक्षका परिवार रहेको थाहा भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर पहिरोमा पुरिँदा उनको बुवा ६९ वर्षीय रामबहादुर, कान्छीआमा जसमाया र बहिनीहरु नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो । गङ्गा र जमुना जुम्ल्याहा दिदीबहिनी रहेको पनि अध्यक्ष लिम्बूले जानकारी दिए।

पहिरोमा परेर ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते हुनुभएको छ । राति दुई बजेतिर खसेको पहिरोले घर पुरिएको अध्यक्ष लिम्बूले जानकारी दिए।

सम्बन्धित खबर