![](https://sajhamanch.com/wp-content/uploads/2024/06/t-20-9.jpg)
काठमाडौं । टी–२० विश्वकपमा ओमान इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका जोस बट्लरले नटआउट २४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा ४७ रन मात्र बनाएको थियो । समूह ‘सी’ मा इंग्ल्याण्डको यो पहिलो जित हो । इंग्ल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन रहेको छ ।